विराटनगरका विराट क्षितिज कलेजको बृहत आईटी सेमिनार

विराटनगरका विराट क्षितिज कलेजको बृहत आईटी सेमिनार

विराटनगर । विराटनगरमा रहेको विराट क्षितिज कलेजले बृहत आई.टी सेमिनार गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त कलेजले आगामी भदौ ६ गते विराटनगरको विग होटलमा आइ.टि संग सम्बन्धि सेमिनार आयोजना गर्न लागेको कलेजले जनाएको छ । आइ.टि.संग सम्बन्धित विज्ञहरुले त्यसको महत्व, स्वदेश तथा विदेशमा गर्न सकिने इन्र्टनसिप र यस विषयको अध्ययन पश्चात विद्यार्थीहरुलाई रोजगारीको अवसर आदि विषयमा प्रष्ट पार्ने लगायत कलेजमा आइ.टि.मा अध्ययनरत विद्यार्थीहरुले गरेको विभिन्न प्रोजेक्टहरुको बृहत प्रदर्शनी गरिने बिराट क्षितिज कलेजका संचालक निरिश श्रेष्ठले जानकारी दिए ।
आइ.टि.मा रुचि भएका विद्यार्थीहरु तथा अभिवाभकहरुले उक्त सेमीनारमा निःशूल्क भाग लिन सकिने श्रेष्ठ बताए । साथै सेमिनार पश्चात विद्यार्थीहरु तथा अभिवाभकहरुले आइ.टि.संग सम्बन्धित विज्ञहरु तथा कलेज म्यानेज्मेन्टका आधिकारिक व्यक्तिहरुसंग पढन चाहेका विषयहरु तथा रोजगारीको अवसरको बारेमा व्यक्तिगतरुपमा भेटि सोधपुछ गर्न सकिने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्