लियो क्लव अफ विराटनगर सेन्ट्रल मेघाले सुरुवात गर्यो वृहत रक्तदान कार्यक्रम

लियो क्लव अफ विराटनगर सेन्ट्रल मेघाले सुरुवात गर्यो वृहत रक्तदान कार्यक्रम

विराटनगर ५ भदौ । विराटनगरमा रहेको लियो क्लव अफ विराटनगर सेन्ट्रल मेघाले एक हप्ते वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।


‘डोनेट ब्लड सेभ लाईफ’ भन्ने नाराका साथ क्लवले विराटनगर ९ मा रहेको एम्स कलेजबाट रत्तदान कार्यक्रम सुरुवात गरेको हो ।
कलेजको प्राङगणमा बिहिबार एक कार्यक्रमको आयोजना गरी रत्तदान गरेको छ । रत्तदान कार्यक्रममा ४२ पिण्ट रगत संकलन गरीएको कार्यक्रम संयोजक आर्यन बास्कोटाले जानकारी दिए । । रक्तदान उक्त कलेजका विद्यार्थी लगायत अन्य उपस्थित व्यक्तिहरुले रत्तदान गरेको संयोजक बास्कोटाले बताए ।


रत्तदान कार्यक्रममा पूर्व गर्भनर लायन लिला ढुङगेल, लायन्स क्लव विराटनगर सेन्ट्रलका पूर्व अध्यक्ष विजयहरी शर्मा , भविष कुमार श्रेष्ठ, साथै वर्तमान अध्यक्ष सन्दिप दास श्रेष्ठ र लियो जिल्ला ३२५‘ एवान’ का अध्यक्ष लियो रञ्जित भगत लगायत क्लवका अध्यक्ष मनोज तिवारीको उपस्थित रहेको क्लबका पि.आर ओ नरेश सोरेनले जानकारी दिए । रक्तदान कार्यक्रममा क्लवका सदस्यहरुको बाक्लो उपस्थितीमा कार्यक्रमको सुरुवात गरिएको थियो । क्लवले एक हप्ता सम्म विराटनगरका विभिन्न कलेजमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्