विराटनगरमा पनि पत्रकार रवि लामिछानेको समर्थनमा कार्यक्रम हुने

विराटनगरमा पनि पत्रकार रवि लामिछानेको समर्थनमा कार्यक्रम हुने

विराटनगर । विराटनगरमा पनि पत्रकार रवि लामिछानेको समर्थनमा  कार्यक्रम हुने भएको  छ । न्युज २४ टेलिभिजनको लामिछानेलाई फसाउने प्रयास गरिएको भन्दै रवि लामिछानेको रिहाइको लागि बिराटनगरका  स्थानीय युवाहरुले दबाबमूलक प्रदर्शनको आयोजना गर्न लागेका हुन् ।

कार्यक्रम भदौ ६ गते शुक्रबार बिहान ११ बजे बिराटनगरको ट्राफिक चोकबाट र्यालीको रुपमा सुरु हुने भएको छ । गत साउन २१ गते चितवनको कङ्गारु होटेलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै पत्रकारद्वय लामछिाने र युवराज कँडेललाई गत साउन २९ गते राति न्युज २४ टेलिभिजनको केन्द्रीय कार्यालय पानीपोखरीको कार्यकक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्