विराटनगर । महानगरपालिकाले श्रीकृष्ण जन्मअष्टमीको अवसरमा भदौ ६ गते शुक्रबार सार्वजनिक विदा गर्ने निर्णय गरेको छ । महानगरले जारी गरेको विज्ञप्तिमा कृष्ण जन्मअष्टमीको अवसरमा विदा दिने निर्णय गरेको हो ।
विराटनगर महानगर भित्र रहेका सबै कार्यालय , शैक्षिक संस्था विदा दिन लागेको महानगरले जनाएको छ । विराटनगरमा भदौ ७ गते एसिया कै दोस्रो ठुलो रथ यात्रा पनि निस्कने गरेको छ ।