विराटनगर स्वास्थ्य हब बन्दै ! आँखाको उपचार १३७ पालिकामा पुर्याउने तयारी

विराटनगर स्वास्थ्य हब बन्दै ! आँखाको उपचार १३७ पालिकामा पुर्याउने तयारी

विराटनगर । विराटनगरमा आँखा, कान, तथा पुनःस्थापनाको वर्तमान स्थिती र भविश्य रणनीति सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । प्रदेश १ का २५ पालिकाका प्रमुख उपप्रमुख, स्वास्थ्य संयोजक तथा प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरि कार्यशाला गरिएको हो ।

सामाजिक विकास मन्त्रालय र नेपाल नेत्रज्योती संघ, विराटनगर आँखा अस्पताल रानीको आयोजनामा कार्यशाला आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्वास्थ्यको हब भएको दाबी गरे । प्रदेशले आँखा उपचारको क्षेत्रमा ठुलो फड्को मार्दैै गएको स्मरण गराउँदै उनले आगामी दिनमा बाह्य पर्यटक भित्र्याउने आधार बलियो भनेको बताए । उनका अनुसार अहिले विराटिनगर आँखा अस्पतालमा भारतका अधिकांश बिरामीहरु उपचारको लागि आउने गरेकोले त्यो मात्र तेश्रो देशका नागरिक आउनुले ठुलो संभावना भएको उल्लेख गरे । नेपालमा पनि विदेशका बिरामीहरु उपचार गर्न आउँछन् भन्ने दृष्टान्त अस्पतालले प्रस्तुत गरेको बताए ।
सांसद तथा नेत्रज्योती संघका सदस्य पदम नारायण चौधरीले सेवा बिक्रीकर्ता खरिद कर्ताको बिचमा राम्रो सम्बन्धले नै हरेक सेवाहरु प्रभावकारी हुने जिकिर गरे । आँखा उपचारको नाममा नेत्रज्योती संघ र आँखा अस्पतालहरुले कुनैपनि अनुदान नमाग्ने भन्दै आँखा उपचारको सेवा गाउँ गाउँमा पुर्याउन स्थानीय तहले सहयोग गर्नु पर्ने बताए । स्थानीय तह पालिकाहरुमा अहिले पनि आँखा उपचार नपाएर धेरै समस्याहरु आईरहेकोले त्यसको निराकरणको लागि पालिकाको भुमिकामा आँखा अस्पतालको सहकार्यमा अभियान संचालन गर्न सकिने उनको भनाई छ ।

विराटनगर आँखा अस्पतालका संचालक तथा क्षेत्रीय आँखा कार्यक्रमका प्राध्यापक डा सञ्जयकुमार सिंहले १० लाख बढीको आँखाको सल्यक्रिया गरिसकेको जानकारी दिए । सन् २०२० भित्रमा विराटनगर आँखा अस्पतालबाट १७ लाखको आँखाको सल्यक्रिया गर्ने योजना रहेको डा. सिंहले बताए ।

एकदिने कार्यशालामा ईलाम, तेह्रथुम र भोजपुरका पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकहरु सहभागी थिए । कार्यशालामा कुमार पृथु, डा सञ्जयकुमार सिंह, एमडि अफाक अनवार, सुधिर ठाकुर, डा. रबिन आचार्य लगायतले आँखा, कानको अबस्था र पछिल्लो कानुनी अबस्थाको बारेमा कार्यपत्र प्रस्तुती गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्