चलचित्र ‘मारूनी’ देश दौडाहामा, इटहरीमा आयोजना भएको कन्सर्टमा हजारौ दर्शक

चलचित्र ‘मारूनी’ देश दौडाहामा, इटहरीमा आयोजना भएको कन्सर्टमा हजारौ दर्शक

इटहरी । भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शन हुने चलचित्र ‘मारूनी’ यतिबेला प्रचार प्रसारमा व्यस्त छ । अहिले निर्माण युनिट चलचित्रको प्रचारको लागि देश दौडाहामा लागिरहेको छ । भदौ ४ गते मारुनी टिम इटहरी पुगेको थियो ।

इटहरीमा आयोजना भएको कन्सर्टमा हजारौ दर्शक उपस्थित थिए । कन्सर्टमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रको दुई गीत ‘जाम्न माया जाम’ र ‘सक्दिन म बाँच्न’ बोलको गीतमा नृत्य प्रस्तुत गरे ।

इटहरीमा पएको दर्शकको साथ र मायाबाट आफू निकै खुसी भएको निर्मात्री पूनम गौतमले बताइन् । उनले भनिन्, ‘इटहरीमा हामीले धेरै माया पाएका छौँ । दर्शकले कलाकारप्रति र हाम्रो चलचित्र प्रति देखाउनु भएको मायाले निकै खुसी दिएको छ ।’ निर्देशक नवल नेपाल पनि प्रचारको लागि इटहरी पुगेका थिए ।

भदौ ५ गते बिहीबार भने मारूनी टिम चितवन पुगेको छ । आज त्यहाँ पनि मारूनी टिमले पत्रकार भेटघाटसँगै कन्सर्ट आयोजना गर्ने छ । भदौ ६ र भदौ ७ गते क्रमश पोखरा र बुटवलमा मारूनी टिम प्रचारको लागि पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्