विराटनगरमा ट्याक्टरले मोटरसाईकलाई ठक्कर दियो एकजनाको मृत्यु, सुन्दर हरैँचामा थप एकको मृत्यु

विराटनगरमा ट्याक्टरले मोटरसाईकलाई ठक्कर दियो एकजनाको मृत्यु, सुन्दर हरैँचामा थप एकको मृत्यु

विराटनगर । मोरङको सुन्दर हरैचा र विराटनगरमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ ।
मोरङको बिराटनगर महानगरपालिका २ बरगाछी चोकमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो । गएरारती साँढे १२ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ४४६७ नम्बरको ट्याक्टरले भित्री बाटोबाट मुख्य सडकमा निस्कदै गरेको स ८ प ४३५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालक सप्तरी शम्भुनाथका २० बर्षीय त्रिभुवन चौधरी र सोही मोटरसाईकलको पछाडी सवार सप्तरी महुलीका १८ बर्षीय सुनिल चौधरी घाईते भएकामा सुनिल चौधरीको उपचारको क्रममा विराट नर्सिङहोममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको छ भने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै पूर्व पश्चिम राजमार्गमा अन्तरगत सुन्दर हरैचा नगरपालिका ७ मा गए।ाती ट्रक र एम्बुलेन्स एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । ७ जना घाईते भएका छन् ।
राती १ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक एक आपसमा ठोक्किदा एम्बुलेन्स चालक ईलाम नगरपालिका २ का २१ बर्षीय रमेश निरौलाको घटनास्थलमा नै ज्यान गएको हो ।
दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाईते भई उपचारको भएका छन् । घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको प्रहरीले जनाएको छ ।
ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा रहेको उप्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्