विराटनगरमा पनि रवि लामिछाने समर्थकको देखियो यस्तो प्रर्दशन (भिडियो सहित)

<span class='c1'>विराटनगरमा पनि रवि लामिछाने समर्थकको</span> <span class='c2'>देखियो यस्तो प्रर्दशन (भिडियो सहित)</span>

विराटनगर ६ भदौ । सञ्चारकर्मी रवि लामिछानेका समर्थकले विराटनगरमा प्रर्दशन गरेका छन् चाडो रिहाईको माग गर्दै देश व्यापी आन्दोल भईरहदा विराटनगरमा त्यो माहोल देखिएको छ ।
विराटनगरमा शुक्रबार रवि लामिछानेको समर्थकहरुले विराटनगरको ट्राफिक चोकबाट जनदबाव सहितको ्ययली निकालेका छन् ।

न्युज २४ टेलिभिजनमा सिधा कुरा जनाता संग कार्यक्रम संचालन गर्दै आएका लामिछानेलाई फसाउने प्रयास गरिएको भन्दै रवि लामिछानेको रिहाइको लागि बिराटनगरका स्थानीय युवाहरुले दबाबमूलक प्रदर्शनको गरेका छन् । उनीहरुले नेपाली झण्डा र भिन्न नारा लेखिएका प्ले कार्ड बोकेर याली प्रदर्शन गरेका थिए ।
गत साउन २१ गते चितवनको कङ्गारु होटेलमा झुण्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै रवि लामिछाने सहित युवराज कँडेललाई गत साउन २९ गते राति न्युज २४ टेलिभिजनको केन्द्रीय कार्यालय पानीपोखरीको कार्यकक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनीहरुलाई चितवन प्रहरीको नियन्त्रण रहेका अनुसन्धान भईरहेको छ ।

https://www.facebook.com/ourbrt/videos/377640172918182/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्