बिराटनगरको डिग्री क्याम्पसमा एक बर्षदेखि प्राध्यापकले लगाएको ताला खुल्यो

बिराटनगरको डिग्री क्याम्पसमा एक बर्षदेखि प्राध्यापकले लगाएको ताला खुल्यो

विराटनगर, ६ भदौ । एक बर्ष लामो समयदेखि तालाबन्दी रहेको बिराटनगरको स्नातकोत्तर क्याम्पसको ताला खुलेको छ । महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्री क्याम्पस प्रमुखमा नियुक्त भएर आएपछि आन्दोलित स्नातकोत्तर क्याम्पसका प्राध्यापकहरुले गरेको तालाबन्दी खुलेको हो । गत साउन २ गते संवाद समुह मोरङमा भएको संवादमा ताला खुलाउने बारेमा सर्बपक्षिय छलफल भएको थियो । संवादमा प्राज्ञिक क्षेत्र विभाजित हुनु नहुने, शैक्षिक क्षेत्रलाई बन्दी बनाउने काम रोक्न सबैले पहल थाल्ने निर्णय भएको थियो ।
त्यस्तै क्याम्पस प्रमुख महेश खत्रीलाई सहयोग गरेर जानुको बिकल्प नरहेकोले क्याम्पस प्रमुखले आगामी दिनको योजना निर्माण गरी कर्मचारी, प्राध्यापकहरु बिचमा बैठक बोलाउन पत्र लेख्ने, प्रमुखले बैठक बोलाएर वातावरण सहज बनाउने र क्याम्पसको तालाखोल्न प्राध्यापकले भुमिका खेल्ने निर्र्णय भएको थियो । सबैले आफ्नो क्षेत्रको कमीकमजोरीलाई स्वीकार गर्दै अगाडि बढ्नुको बिकल्प नभएको बताएका थिए । तत्काल देखिएको विवाद क्याम्पसबाट नै समाधानको पहल गर्ने र दलको तर्फबाट सहजीकरण गर्नको लागि तयार रहेकोले केही दिन भित्रै ताला खोल्न पहल थाल्न सबै सहमत भएको एक महिना पछि ताला खुलेको हो । संवाद पछि क्याम्पस प्रमुख खत्रीले प्राध्यापकहरुसँग छलफल थालेका थिए । प्राध्यापक संघले पनि ईकाई कमिटिको बैठक पछि ताला खोल्ने निर्णय भएपछि शुक्रवार ताला खोलिएको प्राध्यापक संघ डिग्री क्यापस ईकाई सभापति टुनाराज भट्टराईले जानकारी दिए ।
यस्तो थियो तालाबन्दीको कारण
विराटनगर महानगरपालिका– १४ मा रहेको स्नातकोत्तर (डिग्री) क्याम्पसको क्याम्पस प्रमुखको नियुक्तीको बिषयलाई लिएर गत भदौपछि प्रमुखको कार्यकक्षमा तालाबन्दी थियो । कार्यकक्षमैं तालाबन्दी गरिएपछि भदौ २६ गते त्रिविबाट नियुक्ती लिएर २७ गते पदभार ग्रहण गर्न आएका नवनियुक्त क्याम्पस प्रमुख महेश खत्री कार्यकक्ष बाहिरैबाट कार्यसम्पादन गर्दै आएका थिए । तालाबन्दीले पठनपाठनसँगै प्रशासनिक काम प्रभावित भयो । नियम विपरित अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापकसम्बद्ध संघसंगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरे ।
महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्रीलाई नियम विपरित त्रिविले क्याम्पस प्रमुखमा नियुक्ति गरेको बिरोधमा तालाबन्दी गरिएको प्राध्यापक संघ संगठनले आरोप लगाउँदै आएका थिए ।
बरिष्ठताको आधारमा क्याम्पसभित्रकै प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने नियम रहेपनि राजनीतिक भागबण्डाका कारण अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको प्राध्यापकको आरोप थियो ।
भागबण्डामा नियुक्त भएका खत्रीलाई ल्याउन भन्दा पहिला कृष्ण वस्तीलाई क्याम्पस प्रमुख बनाईने भनिएको र उनलाई प्रमुख नबनाई खत्री ल्याईएपछि प्राध्यापक आक्रोशित भए प्राध्यापक संघ ईकाईको निर्णयबाट तालाबन्दी भएको थियो । तालाबन्दीको एक बर्ष बितेको अबस्थामा समेत कतैबाट चासो देखिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्