विराटनगरमा भएको छलफलमा सरोकारवालाले भने, ‘सरकारकै कारण गणतन्त्र खतरामा !’

विराटनगरमा भएको छलफलमा  सरोकारवालाले भने, ‘सरकारकै कारण गणतन्त्र खतरामा !’

विराटनगर । मोरङको विराटनगरमा शुक्रवार आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानवअधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा पर्दै गइरहेको बताएका छन् ।

पछिल्लो राजनीतिक परिस्थिति र मानवअधिकारका विषयमा जनअधिकार अभियान नेपालले मोरङको विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर पार्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।

उनले कम्युनिस्ट सरकारका नाममा कम्युनिस्टलाई दबाउने र अन्य लोकतान्त्रिक शक्तिहरुलाई समेत विभिन्न विधेयक र ऐन कानून बनाएर लोकतन्त्रलाई धरापमा पार्न खोजेको बताए ।

नेता कोइरालाले मिडिया काउन्सिल विधेयक, आम सञ्चार समन्धिको विधेयक,राष्ट्रिय सुरक्षा र मानवअधिकारको विधेयक पारित गरिए लोकतान्त्रिक नेपाल पञ्चायतकालमा फर्कने टिप्पणी गरे ।

नेता कोईरालाले सरकारले गणतन्त्र खतरामा परेको टिप्पणी गर्नु हास्यास्पद भएको जिकिर गरेका छन् । उनले गणतन्त्र विप्लव नेकपा र राजावादीका कारणले नभएर सरकारका कारण खतरामा परेको टिप्पणी गरे ।

उनले भने, 'सुन्नुभयो होला सर्वदलीय बैठक बस्यो अनि विप्लव र राजावादीले गर्दा गणतन्त्र खतरामा पर्यो भनियो, मलाई त हाँसो लाग्यो, खतरा त सत्ताकै कारण छ नी !'

यस्तै कार्यक्रममा राष्ट्रिय राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त गोविन्द शर्माले सर्लाहीमा हत्या गरिएका कुमार पौडेलको निष्पक्ष छानबिन गर्न सरकारले असहजता देखाएको टिप्पणी गरे । उनले राज्यको आडमा मानवअधिकार हनन् नगर्न सरकारलाई अनुरोध समेत गरे ।

राजनीतिक एवम् अन्य विमतिहरु राख्दैमा राज्यले नागरिकलाई हत्या वा गिरफ्तारी गर्नु मानवअधिकार विरोधी भएको समेत उनले बताए । आयुक्त शर्माले हिंसाको बाटो नसमात्न सबै पक्षले आग्रह समेत गरे ।

उनले कुमार पौडेल हत्याबारेको प्रतिवेदन १५ दिनमा सार्वजनिक गर्ने जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अहिलेको सरकार निरङकुश बन्न खोजेको आरोप लगाए ।

माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष गोपाल किराँतीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लागेको प्रतिबन्धको विरोध गरे । कार्यक्रममा समाजवादी पार्टीका नेता रामरिजन यादव, वरिष्ठ पत्रकार नरेन्द्रजंङ्ग पिटर, वरिष्ठ अधिवक्ता बिपुलेन्द्र चक्रवति, जनअधिकार अभियान नेपालका उपाध्यक्ष देव बहादुर पौडेल, जनपत्रकार संगठनका नेपालका अध्यक्ष प्रकाश डुम्रे, ईन्सेक प्रदेश संयोजक सोम बहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्वव तिमिल्सिना, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेल लगायतले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएको टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्