विराटनगरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बालगोपाल प्रतियोगिता

विराटनगरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बालगोपाल प्रतियोगिता

विराटनगर । विराटनगरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि बालगोपाल प्रतियोगिता आयोजना गरिएको छ । स्थानीय सत्यनारायण मन्दिरले आयोजना गर्दै आएको सो प्रतियोगितामा यस वर्ष विराटनगर र आसपास क्षेत्रका १ वर्ष देखि ७ वर्ष सम्मका ४५ जना बालबालिकाहरुले भाग लिएका थिए ।

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दिन आयोजना गरिने बालगोपाल प्रतियोगितामा बालबालिकाहरुको रुप, रंग, वर्ण र श्रृङगारलाई आधार बनाएर बालबालिकाहरुलाई राधा र कृष्णको उपाधि दिने गरिन्छ । प्रतियोगितामा भाग लिने सहभागीहरुले भगवान श्रीकृष्ण र राधाको रुपमा सजिएर आउनु पर्दछ ।

विगत १४ वर्ष देखि वर्षेनी आयोजना गरिने सो प्रतियोगिता प्रति अभिभावकहरु बढी रुची लिने गर्दछन् । विजयी बालबालिकाहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्