जनता बैंकद्धारा कटहरीका एक दम्पतीलाई सुत्केरी स्याहार खर्च वितरण

जनता बैंकद्धारा  कटहरीका एक दम्पतीलाई सुत्केरी स्याहार खर्च वितरण

विराटनगर । जनता बैंक नेपाल लिमिटेडले मोरंग कटहरीका एक दम्पतीलाई सुत्केरी स्याहार खर्च वितरण गरेको छ ।

बैकद्धारा सञ्चालित जनता अवकाश कोषले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा मोरंगको कटहरी २ का राकेशकुमार मण्डल र उनकी श्रीमति पुनमकुमारीलाई पुत्री लाभ भएकोमा सुत्केरी स्याहार खर्च बापत १० हजार नगद जनता बैंक नेपाल लिमिटेड, विराटनगर शाखाका शाखा प्रबन्धक निश्चल अधिकारीले हस्तान्तरण गर्नु गरे । जनता अवकाश कोषले विभिन्न उद्योग, व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्था, अन्य संगठित संघ, संस्था, प्रतिष्ठान, विद्यालयका साथै र करयोग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायी लगायतका सहभागीहरुलाई कोषका विभिन्न अवकाश योजनाहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्