विराटनगरको रथयात्रा आज : सुरक्षाको लागि काठमाडौँबाट आयो बिशेष टोली, निगरानी ड्रोनबाट हुने

विराटनगरको रथयात्रा आज : सुरक्षाको लागि काठमाडौँबाट आयो बिशेष टोली, निगरानी ड्रोनबाट हुने

विराटनगर । विराटनगरमा आज दिउँसो निस्कने ५२ औं रथयात्राको लागी मोरङ प्रहरीले ड्रोनको माध्ययमबाट विशेष निगरानी राख्ने भएको छ ।
विराटनगर – १ राधाकृष्ण मन्दिर परिसरमा विशेष पूजाआजा गरेपछि रथयात्रा निकालिदैछ । मोरङ प्रहरीले रथयात्रामा कुनै अप्रयि घटना हुन नदिन विशेष सुरक्षा योजना अगाडि सारेको जनाएको छ । मोरङ प्रहरीले ड्रोन क्यामेराबाट महानगरपालिको सुरक्षा निगरानी गर्ने भएको छ ।
हजारौको संख्यामा भक्तजनहरुको रथयात्रामा सहभागि हुने भएकोले सुरक्षालाई विशेष प्राथामिकतामा राखेर प्रहरीले ड्रोनबाट पनि सुरक्षा निगारनी राख्ने भएको हो । यसको लागि प्रहरी प्रधान कार्यालय काठमाडौँबाट विज्ञटोली सहित ड्रोन क्यामेरा सहितको टोली आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले बताए ।
शुक्रबार साँझ विराटनगरस्थित राधाकृष्ण मन्दिर अगाडी ड्रोन क्यामेरको पनि सफल परीक्षण गरिएको गरिएको थियो । ‘ड्रोन क्यामेराबाट पूर्व तयारी गरेका छौं,’ एसपी अधिकारीले भने, ‘सफल परीक्षण पनि भयो ।’ रथ यात्रा हुने मार्गमा गरिने ड्रोनको निगरानी जिल्ला प्रहरी कार्यालय मोरङमा हुनेछ । ‘कुनै पनि अप्रिय घटना घटाउने र शंंकास्पद व्यक्ति देखिए तत्काल प्रहरी परिचालन गरि नियन्त्रणमा लिने एसपी अधिकारीले बताए ।
रथ विश्राम गरिने प्रत्येक यूनिटमा प्रहरी टोली खडा गरिएको उनले बताए । प्रहरीले रथयात्राको दिन सुरक्षाकोलागि एक हजार ७ सय प्रहरी प्रहरी परिचालन गरेको छ । २ सय जना सादा पोशाक र १ हजार ५ सय जना पोशाकमा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्