विराटनगरको सडकमा के देखिए ! रथयात्रा निस्कँदै गर्दा देखिएका केही अनौठा तस्विर (फोटो फिचर)

विराटनगरको सडकमा के देखिए ! रथयात्रा निस्कँदै गर्दा देखिएका केही अनौठा तस्विर (फोटो फिचर)

विराटनगर । शनीवार दिउँसो झण्डै ३ः३० बजेको समयमा बिराटनगरको तीनपैनी चोकबाट रथ निस्कँदै थियो । त्यो बेलासम्म केही झाँकीहरु अगाडि बढी रहेका थिए । तर झाँकी र रथ निस्कनु भन्दा पहिला बिराटनगरको मुख्य बजारमा निक्कै नै चहल पहल थियो । तर जहाँबाट रथ जाँदै थियो त्यो सडकको आसपास र सडकका बिचमा केही अनौठा दृश्यहरु देखिए । अनी रथयात्रा शुरु भएपछिका केही दृश्यलाई हामीले क्यामेरामा कैद गरेका छौ । तस्विर : सुमन सुस्केरा/ओवी 

[caption id="attachment_93923" align="alignnone" width="800"] रथयात्राको क्रममा रथको दर्शन गर्न आएका यात्रु अस्थायी सौचालयमा ।[/caption]

[caption id="attachment_93924" align="alignnone" width="800"] विराटनगर महानगरपालिकाको सहकार्यमा परिवर्तनका लागि हातेमालोले संचालनमा ल्याएको अस्थायी सार्बजनिक शौचालय ।[/caption]

[caption id="attachment_93925" align="alignnone" width="800"] पानी बाँड्नको लागि सडकमा दौडधुप गरेका एक बालक । बिराटनगर महानगरपालिका बालमैत्री महानगर भएपनि रथयात्राको दिन बालबालिकाको ब्यापक प्रयोग हुँदै आएको छ ।[/caption]

[caption id="attachment_93926" align="alignnone" width="800"] एउटा खुट्टा कुहिएको अबस्थामा शरिरको बलमा सुतेर हिँड्दै गरेका एक ब्यक्ति । उनी नेपाली नभई भारतीय मुलका नागरिक माग्नको लागि आउने गरेका छन् । रथयात्रा निस्कनै लाग्दा उनी सडकको बिच भागमा अलपत्र अबस्थामा थिए । [/caption]

[caption id="attachment_93927" align="alignnone" width="800"] विराटनगरका केही युवाले शुरु गरेको कपडा बैंकमा बसेका केही युवाहरु । रथयात्राको समयमा उनीहरु यहाँ सामाजिक कामको दायित्वको बारेमा जानकारी दिन बसेका थिए ।[/caption]

[caption id="attachment_93928" align="alignnone" width="800"] रथयात्रा शुरु हुनलाग्दा आकाशबाट पुष्पबृष्टी गराउनको लागि प्रयोग भएको हेलिकोप्टर हनुमान मन्दिरको टुप्पोमा ।[/caption]

[caption id="attachment_93929" align="alignnone" width="800"] रथयात्राको क्रममा भजन गाउँदै गाडीको छतमा बसेका केही युवा ।[/caption]

[caption id="attachment_93930" align="alignnone" width="1014"] रथ यात्राको क्रममा पानी बाँड्नको लागि प्रयोग भएको सिटीमा राष्ट्रिय झण्डा ।[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्