विराटनगरमा रथयात्राको क्रममा सुनको सिक्री थुत्ने र मोवाईल चोर्ने ५५ जना पक्राउ

विराटनगरमा रथयात्राको क्रममा सुनको सिक्री थुत्ने र मोवाईल चोर्ने ५५ जना पक्राउ

विराटनगर । प्रहरीले सुरक्षा ब्यवस्था कडा पार्दा पार्दै पनि यो बर्ष पनि केही घटनाहरु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालयले रथयात्रालाई मध्यनगर राख्दै १७ सय प्रहरी परिचालित गरेको थियो ।

सादा पोशाकमा २ सय र १५ सय पोशाकमा रहेको नेपाल प्रहरी बाहेक शसस्त्र प्रहरीको पनि ब्यापक परिचालन थियो । तर यतिका सुरक्षा ब्यवस्थाका बिच आम नागरिकको सिक्री तान्ने, मोवाईल चोरी गर्ने तथा बिभिन्न उछृङ्खल गतिबिधि, झागडा गर्न संलग्न रहेकाहरु मध्ये ५५ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरु मध्ये अधिकांश भक्तजनको सिक्री लुछ्ने, मोवाईल चोरी गर्ने तथा बिभिन्न उछृङ्खल गतिबिधि, झागडा गर्ने कार्यमा संलग्न रहेकाहरु रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए । उनले अहिलेसम्म पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ गर्ने कार्य भईरहेको बताए ।
सुरक्षा ब्यवस्था कडा पारिएको कारण उनीहरुलाई तत्काल पक्राउ गर्न सफल भएको डिएसपी खिउजुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्