विराटनगरको हिमालय दर्शन कलेजद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

विराटनगरको हिमालय दर्शन कलेजद्धारा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

विराटनगर । विराटनगरको हिमालय दर्शन कलेजमा अध्ययनरत अनिश भक्त जोशी नेपाल कै दोश्रो भएका छन् । त्रिभुवन विश्वबिद्यालय अन्तरगत उनी दोश्रो भएको क्याम्पसले जनाएको छ । विएस्सी सिएसआइटि प्रथम सेमेस्टारको परीक्षफलमा ८७.२ प्रतिशत अंक ल्याई नेपाल कै दोस्रो स्थानमा आएका छन् । त्यसैगरी निकिता खनाल विआईएम विषयको परीक्षाफलको नतिजा अनुसार नेपालको पाँचौ स्थानमा आएकी छन् । उनले ३.७८ एसजिपिए ल्याएकी छिन् भने कैलास यादव छैठौं पोजिसनमा आएका छन् । त्यसैगरी कलेजमा विसिए तर्फ ३.५८ एस.जिपिए ल्याएर भविष भट्टराई कलेज टप भएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त विराटनगरको हिमालय दर्शन कलेजले आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेजले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई शुभकानाम तथा बदाई दिएको हो । शुभकामना कार्यक्रममा कलेजका प्रिन्सिपल भरत सापकोटा, कलेजको एकेडेमिक डाईरेक्टर ज्ञानु खड्का , पिके झा , शैलेन्द्र शिवाकोटी , मनोज गुप्ता, कलेजका भेषराज पोखरेलले विद्यार्थीहरुलाई शुभकामना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्