विराटनगर क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन दुई महिना भित्र डिपिआर स्वीकृत गरिने

विराटनगर क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन दुई महिना भित्र डिपिआर स्वीकृत गरिने

विराटनगर  । विराटनगरका पर्यटन ब्यवसायीले विराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रवार विराटनगरका उद्योगी, ब्यापारी, पर्यटन सँग सम्बद्ध पर्यटन ब्यवसायी लगायतका सरोकारवालाहरुको बैठकले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउ संघर्ष समिति बनाएको थियो ।
संघर्ष समितिको तर्फबाट संयोजक पुण्य प्रसाद भट्टराई तथा सह संयोजक फणिन्द्र अधिकारीले पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउनको लागि भएको डिपिआर स्वीकृत गरि तत्काल काम थाल्न ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपाल सरकार र प्रदेश सरकारको ईज्जत र प्रतिष्ठासँग जोडिएको नेपालको पुरानो तथा अत्यन्त ब्यस्तका साथै देशको पुर्बी क्षेत्रका मेरुदण्ड पर्यटन तथा अन्य ब्यवसायीक विकासको ठुलो संभावना बोकेकोले यसलाई तत्काल काम थाल्ने वातावरण बनाउन ध्यानाकर्षण पत्रमा भनिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बढ्दो एयर ट्राफिकिङलाई ब्यवस्थित गर्नको लागिपनि यो विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल तत्काल बनाई प्रदेश १को राजधानीको विकास गर्न अति आबश्यक रहेको मन्त्री भट्टराईको ध्यानाकर्षण गराईएको छ।
संघर्ष समितिका संयोजक भट्टराई सहितको समितिले मन्त्री योगेश भट्टराईलाई तत्काल बनाईएको डिपिआर स्वीकृत गरि बिराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय स्तरको बनाउने काम तत्काल थाल्न आग्रह गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बिमानस्थललाई अन्तराष्ट्रिय नबनाईँदा प्रदेश १ को गतिबिधिहरु सूस्ताउने उल्लेख गरे ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय स्तरको बनाउने बारेमा संघीय सरकारले स्वीकृति प्रदान गर्ने वितिकै काम शुरु हुने बताए । उनले त्यसको लागि प्रदेश सरकारले पनि काम थाल्न बजेट छुटयाउन तयार रहेको उल्लेख गरे । प्रदेशको गहनासँग जोडिएको ऐतिहाँसिक विराटनगर विमानस्थललाई क्षेत्रय अन्तराष्ट्रिय स्तरको बनाई अन्तराष्ट्रिय उडान गर्न बितिकै प्रदेश १ मा आर्थिक गतिबिधिहरु ह्वात्तै बढ्ने उनको भनाई छ ।

विराटनगर बिमानस्थलमा करिब २० मिनेट भएको छलफलको क्रममा मन्त्री भट्टराईले विराटनगर विमानस्थलको डिपिआर २ महिना भित्र स्वीकृत गर्ने प्रतिबद्धता जनाएका छन् । असोज मसान्त भित्र डिपिआर स्वीकृत गरि विराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय स्तरको बनाउनको लागि काम थालिने प्रतिबद्धता जनाए । उनले अहिलेसम्म तयार भएको डिपिआरको बारेमा प्राबिधिकहरुसँग छलफल गरि तत्काल डिपिआर स्वीकृत गरि प्रबिधिक टोली सहित आएर बिराटनगर बिमानस्थलको विस्तारको कामलाई अघि बढाईने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्