रथयात्राको हुलमुलमा फाईदा उठाउने ८४ जना मध्ये १२ जना भारतीय नागरिक, १९ जना विरुद्ध मुद्धा

रथयात्राको हुलमुलमा फाईदा उठाउने ८४ जना मध्ये १२ जना भारतीय नागरिक, १९ जना विरुद्ध मुद्धा

प्रेम देवान

विराटनगर ८ भदौ । ‘हुलमुलमा ज्यान जोगाउनु अनिकालमा विउ जोगाउनु’ भन्ने एउटा उखान नै छ । बुढापाकाले अहिले पनि भन्ने गर्दछन् हुलमुलमा आफ्नो ज्यान जोउनु भनेर । हो आज त्यही उखान र भनाई विराटनगरमा शनिबार निकालीएको रथ यात्रामा लागु भएको देखिन्छ । विराटनगमा निकालीने रथ यात्रा विराटनगरको लागी अत्याधिक भिड हुने समय हो ।
रथ यात्रामा सबैजना धर्म कमाउन नै भनेर आएका भने पक्कै हुदैनन् । धर्मको नाममा यहाँ चोरी गर्न बानी परेका ती अर्धमीहरु पनि आउने गरेको भेटियो । यसको जलन्त उदाहरण हो शनिबार मोरङ प्रहरीले १२ भारतिय नागरिक सहित ८४ जनालाई पक्राउ गर्नु ।
प्रहरीले रथयात्राको हुलमुलमा श्रद्धालुहरु भक्तजनहरुको सिक्री लुस्ने देखी महिलाहरु माथी दुव्र्यहार गर्नेलाई पक्राउ गर्न सफल भयो । मोरङ प्रहरीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार हुलमुलमा मापसे गरी अवद्र व्यावहार गर्नेदेखी घाटीमा लगाएको सिक्री लुस्ने ८४ जनालाई पक्राउ गर्यो ।
मोरङ प्रहरीले रथयात्रामा कुनै अप्रयि घटना हुन नदिन विशेष सुरक्षा योजना अगाडि बढाउदा बढाउदै पनि आँखा छल्ने भेटियो । मोरङ प्रहरीले ड्रोन क्यामेराबाट रथ यात्रा कुदाईने मार्गको विशेष निगरानी अगाडी सारेको थियो ।

मोरङ प्रहरीले ३ वटा सुनको सिक्री, चादीको ब्रास्लेट, २० वटा मोवाईल, १२ हजार नगद पैसा सहित घढी लगायतका सामाग्री चोरी गर्नेहरुबाट बरामद गरेको छ । पक्राउ परेका मध्ये १२ जना भारतिय नागरिक रहेको एसपी अधिकारीले बताउनुभयो । हुलमुलमा जम्मा ८४ जना पक्राउ परे, जसमा १२ जना भारतिय नागरिक रहेका छन् । ‘१९ जनालाई चोरी तथा अबद्र दुव्र्यबहार सम्बन्धी मुद्धा नै चलाएका छौ ।’ रथ यात्रामा हजारौको संख्यामा भक्तजनहरुकोसहभागि हुने भएकोले सुरक्षालाई विशेष प्राथामिकतामा राखेर प्रहरीले ड्रोनबाट पनि सुरक्षा निगरानी बढाएका थियौ एसपी अधिकारीले भन्नुभयो । मोरङ प्रहरीले रथयात्राको दिन सुरक्षाकोलागि एक हजार ७ सय प्रहरी प्रहरी परिचालन गरेको छ । २ सय जना सादा पोशाक र १ हजार ५ सय जना पोशाकमा प्रहरी परिचालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्