पत्रकार नसच्चिए पत्रकार महासंघले कारवाही गर्ने

पत्रकार नसच्चिए पत्रकार महासंघले कारवाही गर्ने

विराटनगर । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको मूल्यांकन आम पाठकले गर्नुपर्ने बताएका छन् । पाठकलाई पत्रकारिताको मूल्यांकन गर्ने अधिकार भएको उनँले बताए ।
नेपाल पत्रकार महासंघ मोरङले आईतबार विराटनगरमा आयोजना गरेको नागरिकको दृष्टिकोणमा मिडिया सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष आचार्यले पाठकको गुनासो अनुसार पत्रकार नसच्चिए पत्रकार महासंघले कारवाही गर्ने चेतावनी दिए ।
७ वटै प्रदेशमा नागरिकको दृष्टिकोणमा मिडिया विषयमा छलफल शुरु गरिएको उनले बताए । प्रेस नागरिक भन्दा माथि नभएको बताउँदै उनले राष्ट्रहित भन्दा माथि गएर पत्रकारिता गर्ने अधिकार कसैलाई नभएको बताए । सामाजिक सञ्जालको प्रयोगबारे पत्रकारलाई महासंघले नियमन गर्ने अध्यक्ष आचार्यले बताए । उनले भने, ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारलाई जे पनि गर्ने छुट छैन ।’
कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले नेपालका मिडिया बढी नकारात्मक समाचारमा केन्द्रित भएको बताए । बुद्धिजिवी दिनेश श्रेष्ठले पत्रकारहरुले आफ्ना बारेमा सामाजिक लेखा परिक्षण भईरहेको भनी बुझ्न आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेल, नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइराला, इन्सेक प्रदेश नं. १ संयोजक सोमराथ थापा लगायतले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्