रवि लामिछानेसँग अदालतले माग्यो पाँच लाख धरौटी, अस्मिता कार्की सामान्य तारेखमा रिहा

रवि लामिछानेसँग अदालतले माग्यो पाँच लाख धरौटी, अस्मिता कार्की  सामान्य तारेखमा रिहा

चितवन । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न 'दुरुत्साहन’ गरेको अभियोग लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई शर्त सहित ५ लाख धरौटी मागेको छ।  जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोडेको हो।

पुडासैनीको आत्महत्याका बारेमा उनीहरूले कुनैपनि कार्यक्रम फेसबुक लाइभ तथा स्टाटस समेत लेख्न नपाउने अदालतको आदेशमा उल्लेख छ।  मुद्दाको अनुसन्धान गरेका प्रहरी, अभियोजन गरेका सरकारी वकिल र न्यायाधीशबारेपनि उनीहरूले टिभिकार्यक्रम फेसबुक लाइभ लगायतका प्रकाशन प्रशारण गर्न नपाउने पनि आदेशमा भनिएको छ।

त्यस्तै औषधी उपचारका लागि विदेश जानुपर्ने भएमा अदालतबाट अनुमति लिनुपर्ने पनि अदालतको आदेशमा उल्लेख छ।आइतबारदेखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्