केशलिया खोला किनारबाट नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई ६४ हजार जरिवाना

<span class='c1'>केशलिया खोला किनारबाट नियन्त्रणमा लिइएका</span> <span class='c2'>ट्रयाक्टरलाई ६४ हजार जरिवाना</span>

विराटनगर । अवैध उत्खननमा प्रयोग गरिएको भन्दै केशलिया खोला किनारबाट नियन्त्रणमा लिइएका ट्रयाक्टरहरु ६४ हजार जरिवाना तिरेर छुटेका छन ।
नियन्त्रणमा लिइएका ४ वटै ट्रयाक्टरलाई जिल्ला समन्वय समिति मोरङले प्रति ट्रयाक्टर १५ हजार जरिवाना लिएको छ । नियन्त्रणमा लिइएका ट्रयाक्टरहरुलाई जिल्ला समन्वय समितिमा बुझाइएको र जरिवाना तिरेपछि ट्रयाक्टरहरु छुटेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । यसैबीच नियन्त्रणमा लिइएका चारवटै ट्रयाक्टरको इन्जिन र टेलरको नम्बर फरक फरक रहेको समेत फेला परेको छ । अवैध उत्खननमा प्रयोग गरिएका ती ट्रयाक्टरहरुको इन्जिन र टेलरको नम्बर फरकफरक देखिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रति ट्रयाक्टर १ हजारका दरले जरिवाना गरेको मोरङ ट्राफिक प्रमुख शिव पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्