प्रदेश १ लोकसेवा आयोग : अध्यक्षको तलव ६० हजार ६ सय ८० रुपैयाँ हुने, सदस्यको ४७ हजार

<span class='c1'>प्रदेश १ लोकसेवा आयोग : अध्यक्षको तलव ६० हजार</span> <span class='c2'>६ सय ८० रुपैयाँ हुने, सदस्यको ४७ हजार</span>

विराटनगर ।  लोक सेवा आयोग अध्यक्षको तलब ६० हजार ६ सय ८० रुपैयाँ सुशासन तथा योजना समितिले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सम्बन्धी प्रतिवेदन सोमबार प्रदेश १ सभा संसदमा पेस गरेको छ । समितिले विधेयकमा प्रदेश लोक सेवा आयोगका अध्यक्षको पारिश्रमिक र सेवा सुविधा तोक्नेलगायत निर्णय सर्वसम्मतिलेपारित गरी प्रतिवेदन पेस गरेको हो ।

अध्यक्षको पारिश्रमिक मासिक ६० हजार ६ सय ८० रुपैयाँ तोकेको प्रतिवेदनमा उल्लेख छ । समितिले विधेयकमा थप गरेको अनुसूची २ मा अध्यक्षलाई आवास सुविधा, टेलिफोन, पत्र पत्रिका वापत मासिक २ हजार ५ सय, गाडी र गाडीका लागि मासिक १ सय लिटर इन्धन र त्रैमासिक रूपमा १० लिटर मोविल, दैनिक भ्रमण भत्ता २ हजार ५ सय, यात्रा बिमा २ लाख, चाडपर्व खर्च एक महिनाको पारिश्रमिकबराबरको व्यवस्था थप गरेको छ ।

अनुसूची ३ मा लोक सेवा आयोगका सदस्यको पारिश्रमिक मासिक ४७ हजार ३ सय ८०, १५ किलोमिटरभित्र आवास नहुनेलाई मासिक १५ हजार, आफ्नो घरमा बस्नेलाईवार्षिक ४० हजार सरसफाई तथा मर्मत खर्च उपलब्ध गराउने व्यवस्था थप गरेको

प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, बिजुली, धारा, पानी, टेलिफोन, पत्रपत्रिका वापत मासिक २ हजार, गाडी, गाडीको इन्धन मासिक ८० लिटर, मोबिल त्रैमासिक रूपमा १० लिटर दैनिक भ्रमण भत्ता २ हजार, यात्रा बिमा २ लाख र चाडपर्व खर्च एक महिनाको पारिश्रमिक बराबर तोकेको छ । विधेयकमा समावेशी सिद्धान्तका आधारमा एक महिलासहित तीन सदस्यीय लोक सेवा आयोग गठन गर्ने व्यवस्था छ ।

समितिका सभापति अर्जुन राईले विधेयकमा बाधा अडाउ फुकाउने व्यवस्था थप गरेको बताए । ‘यो ऐनको कार्यान्वयनको क्रममा समस्या आएमा ऐनको मर्म अनुसार आयोगले बाधा अडाउ फुकाउन सक्नेछ,’ उनले भने, ‘विधेयकमा समावेशिता समेत मध्यनजर गर्दै योग्यता प्रणालीलाई अवलम्बन गर्ने शब्दावली प्रस्तावनामा थप गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्