प्रदेश सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो, प्रदेश लोकसेवा आयोग विधेयक पारित

<span class='c1'>प्रदेश सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो</span> <span class='c2'>खुल्यो, प्रदेश लोकसेवा आयोग विधेयक पारित</span>

विराटनगर । प्रदेश सरकार, प्रदेश १ लाई कर्मचारी भर्ना गर्नको लागि बाटो खुलेको छ । मंगलबार प्रदेशसभाबाट प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित भएसँगै प्रदेश लोकसेवामार्फत कर्मचारी नियुक्तिको बाटो खुलेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा पेस गरेको विधेयक मंगलबार प्रदेशसभाबाट पारित भएको हो । तीन हजार आठ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश–१ मा दुई हजार चारसय कर्मचारी रहेका छन् ।
अब प्रदेश सरकारले लोकसेवामार्फत् आवश्यक कर्मचारी नियुक्ति गर्नसक्ने छ । प्रदेश–१ का प्रमुखसचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत माथिल्लो तहका कर्मचारीको अभाव बढी हुँदा मन्त्रालयहरुमा दैनिक प्रशासनिक कामसमेत प्रभावित हुँदै आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्