कृष्णभूषण बल सिर्जना पुरस्कार रसिकलाई प्रदान गरिने

<span class='c1'>कृष्णभूषण बल सिर्जना पुरस्कार</span> <span class='c2'> रसिकलाई प्रदान गरिने</span>

विराटनगर । कृष्णभूषण बल सिर्जना पुरस्कार २०७५ साहित्यकार गणेश रसिकलाई प्रदान गरिने भएको छ । रसिकका कथा, गीत संस्मरण विधाका आधा दर्जनभन्दा बढी कीर्ति प्रकाशित छन् ।

उक्त पुरस्कारको राशि २५ हजार र सम्मानपत्र रहेको छ । यसअघि कवि जसराज किराँती, श्यामल, मञ्जु काँचुली, बम देवान, नारायण तिवारी उक्त पुरस्कारबाट पुरस्कृत भइसकेका छन्  ।

यसैगरी २०७५ सालको कृष्णभूषण बल युवा सिर्जना पुरस्कार कवि सुदीप पाख्रिनलाई प्रदान गरिने भएको छ । दुई दशकभन्दा बढी समयदेखि कविता विधामा सिर्जनशील कवि पाख्रिनका दुई कवितासंग्रह प्रकाशित छन् । उक्त पुरस्कारको राशि एघार हजार एकसय एघार र सम्मानपत्र रहेको छ ।

कवि बल समकालीन नेपाली साहित्यका एक शक्तिशाली हुनुहुन्थ्यो । २००४ सालमा इलाम जिल्लाको रवि माल्टेनीमा जन्मिएका यी कविलाई हामी विम्बवादी कविका रूपमा चिनिन्छन् ।

जसका कवितामा नेपाली जनजीवनका प्रतिचित्र र माटोको सुवास पाइन्छ । कला र शिल्पका धनी कवि बलको २०६९ साल असार ११ गते विराटनगरमा निधन भएको थियो । जसको भोलि बास्ने बिहान (कवितासङ्ग्रह) दाज्यु मलाई तिम्रो हात चाहिन्छ (खण्डकाव्य) द फुल मुन अफ द रिभर ब्यान्क ( अङ्ग्रेजी कवितासङ्ग्रह) प्रकाशित छन् । उनको निधनपछि उहाँकी जीवनसँगिनी शोभा लामा संरक्षक रहेर स्थापना गरिएको हो ।

कृष्णभूषण बल प्रतिष्ठानका प्रमख संरक्षक शोभा लामा, बलको समुपस्थिति र प्रतिष्ठानका अध्यक्ष प्रा डा टंकप्रसाद न्यौपानेको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार २०७६ साल भाद्र २८ गते विराटनगरमा समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्