विराटनगरमा लगातार जस्तै चोरी, शिव मन्दीर चोकमा सहकारीबाट झण्डै ३ लाख चोरी

<span class='c1'>विराटनगरमा लगातार जस्तै चोरी, शिव मन्दीर</span> <span class='c2'>चोकमा सहकारीबाट झण्डै ३ लाख चोरी</span>

विराटनगर । विराटनगरमा पछिल्ला दिन चोरीका घटना बढ्दै गएको छ । एक महिनाको अबधिमा मात्र विराटनगरको मुख्य बजारमा चोरीको श्रृङ्खला बढेको हो ।

विराटनगरको महेन्द्रचोकमा रहेको मोवाईल पसल चोरी भएको एक हप्ता पछि नै बिराटनगर महानगरपालिका अगाडी ताला फोडेर चोरी भएको थियो । त्यस्तै बिराटनर महानगरपालिका वडा नम्बर ७ शिव मन्दीर चोकमा गएराती ताला फोडेर सहकारीमा चोरी भएको छ । श्री कद्माहा कृषि सहकारी संस्था लिमिटेडको बिराटनगर ७ शिवमन्दिर चौकमा रहेको कार्यालयको ताला फोडेर चोरी भएको सहकारीका अध्यक्ष राजकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार, सोमबार साँझ कार्यालय बन्द गएर घर गएको थियो, राती कसले आएर रेतीले काटेर चोरी गरेछ , बिहान कार्यालय आउँदा मात्र थाहा पाएको हो । सहकारीबाट २ लाख ७० हजार नेपाली र १५ हजार भारु रकम चोरी भएको अध्यक्ष सिंहले जानकारी दिए । ‘बिहान आउँदा ताल्चा फुटाएको अबस्थामा थियो, अध्यक्ष सिंहले भने, ‘घटनाको बारेमा वडा प्रहरी कार्यालय बिराटनगरमा उजुरी दिएका छौ ।’ ताला फोडेर कार्यालय भित्र पसेको ब्यक्तिले नगद चोरी गर्नुको साथै गल्ला नगद पैसा राख्ने गल्ला समेत फोडेको जानकारी दिए । तर प्रहरीले घटनाको बारेमा जानकारी आएको भएपनि कसरी चोरी भयो र संलग्नहरु को को हुन् भन्ने बारेमा जानकारी लिने काम भईरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्