चाडवाड नजिकिँदै गर्दा प्रहरी भन्सार केन्द्रीत, विराटनगरबाट एक लाख बढीका अबैध सामान बरामद

चाडवाड नजिकिँदै गर्दा प्रहरी भन्सार केन्द्रीत, विराटनगरबाट एक लाख बढीका अबैध सामान बरामद

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ । मंगलबार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद गरेको हो ।
प्रहरीले सर्ट १ सय ७३ पिस, लेडिज कुर्ता ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउंजुले बताए । टोलीले कुर्था–सुरुवाल २० पिस गरी १ लाख १७ हजार ६ सय बराबरको कपडा फेला पारी आन्तरिक राजस्व कार्यालय विराटनगर बुझाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्