मोरङको सुनबर्षीमा यसरी बसेका छन् नागरिकको सुरक्षा गर्ने प्रहरी…

मोरङको सुनबर्षीमा यसरी बसेका छन् नागरिकको सुरक्षा गर्ने प्रहरी…

विराटनगर । तस्वीरमा देखिएको भवन झट्ट बाहिरबाट हेर्दा लाग्छ कुनै भुतको फिल्म सुटिङ गर्ने घर । भवनको बाहिर भागमा विरुवा उम्रिएका देखिन्छन् । बर्षौदेखि रङरोगन नगरी द्धन्दकालमा बेबारिसे अवस्थामा छाडिएको कुनै सरकारी भवन जस्तै देखिन्छ । तर त्यो अरु केही नभएर आम नागरिको सुरक्षार्थ २४ सै घन्टा खटिने नेपाल प्रहरी बस्दै आएको भवन हो ।
मोरङको सुनबर्षी नगरपालिका २ डोरियामा रहेको सिमा प्रहरी चौकीका प्रहरी वर्षौदेखि जीर्ण भवनमा बस्दै आएका छन् । वि. स. २०२२ सालमा स्थापना भएको एक तले भवन पुर्ण रुपमा भत्कने अवस्थामा रहेको छ ।
प्रहरीहरु सुत्ने कोठामा कुनै बेला माथिबाट छत खस्छ की भन्ने डर रहेको प्रहरी जवान बताउँछन् । आफू सुत्ने ओछ्यान बाँसको छहारी लगाएर बस्नु पर्ने बाध्यतामा प्रहरी छन् ।
सधै डर चिन्तामा बस्दै आएका प्रहरीले भने अब ठूलो राहत पाउने भएका छन् । प्रदेश सरकाले आर्थिक सहयोगमा २ तले नयाँ भवन बन्ने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उक्त स्थानमा पुगेर नया भवनको सिलान्यास गरे ।
एक करोड ३९ लाख २८ हजार ५३ रुपैयाँको लागातमा कार्की बन्धु , शशिधर, गोविन्द जेभिले भवन बनाउने जिम्मा लिएको छ । गत असारमा सम्झौता भएको मितिले एक बर्ष भित्र बनाईसक्ने गरी काम शुरु भएको छ । ११ कोठे भवनमा ५ वटा शौचालय सहितको व्यारेक बन्ने शहरी विकास तथा भवन कार्यालय मोरङका ईन्जिनियर रामसुबरण चौधरीले बताए । जिल्ला प्रहरी कार्यलय मोरङका एसपी विश्व अधिकारीले भवन निर्मा०ा पुरा भएसँगै सिमा क्षेत्रको सुरक्षा व्यवस्थामा मजदुत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्