विराटनगर ८ मा ४३ जना महिला यसरी बन्दैछन् स्वरोजगार

विराटनगर ८ मा ४३ जना महिला यसरी बन्दैछन् स्वरोजगार

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ मा समुदाय स्तरका महिला लक्षितसीपमुलक तालिम सुरु भएको छ । मानव वेचविखन तथा लैँगिक हिंसा विरुद्ध कार्यरत संस्था (केआईएन) आफन्त नेपालले विराटनगर ८ का महिलालाई समेटेर आत्मनिर्भर बनाउने उदेश्यले तालिमको आयोजना गरेको हो ।
विराटनगर महानगरपालिका वडा नम्बर ८ तथा अम्बे मुरारी सेवाकेन्द्रको सहकार्यमा ३ दिने सीप मुलक झोला बनाउने तालिम शुरु भएको छ । विराटनगर ८ का वडा अध्यक्ष निश्चल आचार्यले झोला बनाउने तालिमको उद्घाटन गरे । महिलालाई तिन दिनसम्म दिईने तालिममा सीपमुलक तथा ब्यवसाय मुलक तालिम पछि महिलाले आफैले झोला निर्माण गरी आम्दानी गर्न सक्ने आफन्त नेपालकी कार्यालय विराटनगर प्रमुख मनु रानाले बताईन् । समुदायमा रहेका बिभिन्न महिला समुहका ४३ जना सदस्यलाई सीपमुलक तालिम प्रदान गर्न लागिएको रानाले जानकारी दिईन् ।
आफन्त नेपालले मानव ओसार पसार न्युनिकरणको लागि सिमानाकामा निगरानीसँगै समुदाय परिचालन, किशोरी तथा महिला समुह गठन गरी समुह परिचालन गरी मानव बेचविखन तथा लैंगिक हिंसा न्युनिकरण अभियान संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्