साफ यू–१५ फुटबल च्याम्पियनसिप : नेपालले बंगलादेशलाई ४-१ ले हरायाे

साफ यू–१५ फुटबल च्याम्पियनसिप : नेपालले बंगलादेशलाई ४-१ ले हरायाे

साफ अण्डर फिफ्टिन च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले बंगलादेशलाई ४–१ ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गरेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा कृषन यादवले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा सुजन जिमीले गोल गरेपछि नेपालले अग्रता २–० मा लम्ब्यायो ।

७९औं मिनेटमा बंगलादेशले गोल फर्कायो । मियाले गोल गरेपछि बंगलादेशले खेलमा फर्किने संकेत देखाएको थियो ।

८४औं मिनेटमा प्रदीप लम्सालले गोल गर्दै नेपालको अग्रता ३–१ मा लम्ब्याए । ८८औं मिनेटमा कृषन यादवले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–१ को जित दिलाए । अब नेपालले भुटानसँग खेल्न बाँकी छ । यो खेल जितेको खण्डमा नेपालको फाइनल यात्रा पक्का हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्