भयावह डेंगु : चार हजारभन्दा बढीलाई डेंगुको संक्रमण

भयावह डेंगु : चार हजारभन्दा बढीलाई डेंगुको संक्रमण

काठमाडौं । यस बर्ष वर्षा याम सुरु हुनुअघि नै डेंगुको संक्रमण देखिएको छ । गत वर्षसम्म तराईमा मात्र देखिने यो संक्रमण पहाडी जिल्लाहरुको साथै देशभर नै फैलिएको छ । बैशाखदेखि साउनसम्मको चार महिनामा नै चार हजारभन्दा बढी व्यक्तिहरुमा संक्रमण फैलिएको छ । अहिले काठमाडौं उपत्यकाका साथै अधिकांश स्थान डेंगुको जोखिम क्षेत्र भएको चिकित्सकहरुको भनाइ छ ।

उनी रौतहटको बागमतीकी २१ वर्षीया सुनिता यादव । यादवलाई एक्कासि एक सय दुई डिग्री ज्वरो आउनुका साथै जोर्नीहरु दुख्ने, टाउको दुख्ने भएपछि परीक्षणका लागि शुक्रराज अस्पताल पुगिन् । ज्वरो ठीक नभएपछि अस्पतालले भर्ना नै गरेर उपचार सुरु गरेपछि, बल्ल थाहा भयो, उनलाई डेंगुको संक्रमण भएको रहेछ ।

यादव जस्तै अहिले डेंगुको संक्रमण भएकाहरुको अस्पतालमा भिड नै लाग्ने गरेको छ । अहिले मकवानपुर, धादिङ र काठमाडौंका विरामीहरु अस्पतालमा उपचार गरिरहेका छन् ।
तीन महिनाको अवधीमा शुक्रराज अस्पतालमा मात्र ५० जनाभन्दा बढी विरामी भर्ना भएर उपचार गरेको अस्पतालका चिकित्सक डा.अनुप बाँस्तोला बताउँछन् ।

डेंगुको संक्रमण मुख्य रुपमा पोथी एडिस एजिप्टाई लामखुट्टे र थोरै मात्रामा एडिस एल्वोपिक्ट्सले टोकेर हुने डरलाग्दो संक्रमण हो । त्यसैले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपदर्छ ।

अमेरिका स्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार डेंगुले गर्दा शरीरको रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्