एनबिएलको थ्री वाई थ्री इस्टमा होराइजन च्याम्पियन

एनबिएलको थ्री वाई थ्री इस्टमा होराइजन च्याम्पियन

बिर्तामोड , नेपाल बास्केटबल लिग (एनबिएल) को थ्री वाई थ्री इस्टको उपाधि धरानको उपविजेता होराइजनले जितेको छ । बिर्तामोडमा मंगलबार भएको प्रतिस्पर्धात्मक फाइनलमा होराइजनले धरानकै इटहरी स्ट्याग्सलाई १५–१३ ले पराजित गर्दै एनबिएल थ्री वाई थ्री इस्टको उपाधि उचालेको हो ।

जितसँगै होराइजनले धरान लेगको फाइनलमा बेहोरेको हारको बदला लिएको छ । धरानमा भएको खेलमा होराइजन इटहरी स्ट्यागसँग १०–१३ ले पराजित भएको थियो । अन्तिम समय टेक्निकल फलबाट दुई फ्रि थ्रो पाएपछि होराइजनको जित सम्भव भएको थियो । दुवै टोलीको समान १३-१३ अंक रहेको अवस्थामा होराइजन निर्णायक अंक जोड्न सफल रहयो ।

होराइजनको जितमा कविन मगरले महत्वपूर्ण आठ अंकको योगदान दिए । सेमिफाइनलमा ११ स्कोर गरेका उनले फाइनल्समा कुल ३५ स्कोर गरे । उनले प्रतियोगितामा सर्वाधिक ४३ स्कोर गरे । होराइजनले सेमिफाइनलमा विराटनगरको विजेता बाल कल्याण विद्या मन्दिरलाई २१–८ को फराकिलो अन्तरले पराजित गरेको थियो । इटहरी स्ट्याग्सले विराटनगरको बिजेता इस्टर्न स्विसलाई २१–१७ ले पराजित गरेको थियो ।

च्याम्पियन बनेसँगै होराइजनले ५० हजार र स्ट्याग्सले २५ हजार नगद पुरस्कार प्राप्त गर्यो । विपन्न बाल बलिका खेलकुद नेपालल (पिडिसिएन) ले आयोजना गरेका प्रतियोगितामा पूर्वका तीन शहरबाट कुल २९ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितालाई पिडिसिएनले भविष्यमा हुने प्रतियोगिताहरुको लागि ट्यालेन्ट हन्टको रुपमा पनि लिएको छ । पिडिसिएन ले पश्चिममा पनि एनबिएल थ्रि बाई थ्रि वेष्ट आयोजना गर्नेछ । पश्चिमका प्रमुख शहरहरु पोखरा, बुटवल र धनगढीमा एनबिएल वेष्ट हुनेछ र इस्टकै पद्दतिमा खेलाइनेछ । हाम्रो खेलकुद 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्