विराटनगरमा पानी चुहाउँदै दौडने टिप्परको अनुगमन कस्ले गर्ने ?

विराटनगरमा पानी चुहाउँदै दौडने टिप्परको अनुगमन कस्ले गर्ने ?

विराटनगर । बुधवार दिउसो करिब २ : ३० बजेको थियो । ना ४ ख ३६९७ नम्बरको टिप्पर बिराटनगर महानगरपालिकाको वडा नम्बर ४ आयल निगमबाट अघि अघि थियो । खोलाबाट भर्खरै निकालेको बालुवा बोकेर आएको हुनुपर्छ पानी झार्दै अगाडी बढ्दै थियो । त्यसको पछि पछि अर्को टिप्पर थियो ।
त्यो टिप्परको न पछाडी नम्बर थियो न अगाडीको नम्बर नै स्पष्ट बुझिन्थ्यो, त्यो टिप्पर निक्कै गतिमा दौडिँदै थियो । बालुवा बोकेको टिप्पर पानी चुहाउँदै हिँडेको न आयल निगम चोकमा बसेको ट्राफिकले देख्यो न त कन्चनवारीमा सँधैजसो बस्ने प्रहरी वा ट्राफिक प्रहरी कसैले पनि देखेन । आयल निगमदेखि कन्चनवारीसम्मको बिचमा निक्कै पछि रहेको टिप्पर कन्चनवारीबाट अगाडीको टिप्परलाई ओभरटेक गर्दै अगाडी बढेको नम्बर नभएको टिप्पर बरगाछीसम्म द्रुत गतिमा दौडिँदै थियो ।
एक त माल बहाक सवारी अर्को तर्फ पानी चुहाउँदै मुख्य सडकमा कुदाई रहँदा त्यसको नियमन गर्ने निकाय कोही थिएनन् । अगाडीको मधुरो नम्बर बुझ्नै गाह्रो भएको टिप्परलाई ट्राफिक प्रहरीले पनि कतैबाट सोधीखोजी नहुनुले ट्राफिक प्रहरीले गर्ने चेकजाँच फितलो देखियो ।
असार, साउन र भदौ महिला खोलाजन्य बस्तुको उत्खनन् र निकासी बन्द गरिएको छ । तर यी टिप्परले ल्याएको नदीजन्य बस्तु पानी चुहाउँदै ल्याउँदै गर्दा सिधै खोलाबाट ल्याएको देखिन्थ्यो, यद्यपी पुष्टी भने भएको थिएन ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले असार, साउन र भदौ महिनामा कुनै पनि सवारी साधन खोलामा पस्नै नपाउने बताए । यदी कुनै कम्पनीले स्टक गरेर राखेको भए ल्याउन पाउने भएपनी सिधै खोलाबाट नदीजन्य बस्तुको उत्खनन् भएको पाईए कार्वाही गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्