बालक बचाउन रकम संकलन अभियान थाल्दै बुढीगंगाका यूवाहरु

<span class='c1'>बालक बचाउन रकम संकलन</span> <span class='c2'>अभियान थाल्दै बुढीगंगाका यूवाहरु</span>

भूमिका पाख्रिन ।
मोरङको बुढीगंगा गाँउपालिका वडा नं. १ खाप टोल निवासी जोगिन्दर ऋषिदेवका ६ वर्षीय छोरा मनिष ऋषिदेव यति बेला अस्पतालको शैयामा छन् । मेनिन्जाइटिस रोगबाट पीडित बालकको उपचारमा हाल समस्या देखिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका कारण ऋषिदेव परिवार अहिले समस्यामा छन् । टंकिसिनुवारीस्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा हाल उपचाररत बालकलाई बचाउन अहिले स्थानीय बुढीगंगा यूथ क्लब र सृजनशील युवा समाजले सहयोग रकम संकलन थालनी गरेको छ ।
आर्थिक अवस्था दयनीय रहेको कारण बालकको उपचारमा कठिनाइ भएकाले बालकको जीवन रक्षाका लागी मनिष ऋषिदेव बचाउँ अभियान शुरु भएको सृजनशील युवा समाजका अध्यक्ष सागर थापाले बताए । उपचाररत बालकलाई सहयोग गर्न मोबाइल नम्बर ९८१८८५४७१६, ९८१९०१६७३७ तथा ९८०४०७४९२३ मा सम्पर्क गर्न समेत सकिने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्