विराटनगर १२ मा बिद्यालयको गेटमा बिजुलीको धराप, गैर जिम्मेवार ठेकेदार (भिडियो सहित)

<span class='c1'>विराटनगर १२ मा बिद्यालयको गेटमा बिजुलीको</span> <span class='c2'>धराप, गैर जिम्मेवार ठेकेदार (भिडियो सहित)</span>

विराटनगर । विराटनगर १२ का मिहाङ देवान र साङजाङ देवान जेसीबाल सदन स्कुलमा कक्षा २ र युकेजीमा पढ्छन् । दुवै जना आफ्ना अभिभावकसँग नियमित बिद्यालय जान्छन् ।
उनीहरुलाई स्कुल जान भने सोचे जस्तो सहज भने छैन । सडकभरी लत्रिएका विजुलीको तारलाई नागेर हिड्नुपर्ने वाध्यता छ । यो उनीहरुले २ महिनादेखी झेल्दै आएको समस्या हो । विराटनगर १३ मा रहेको जेसीबाल सदन स्कुलको गेटमा नै तारहरु लथालिङ्ग अवस्थामा झुण्डिएका छन् ।
जव विद्यार्थीहरु स्कुल जान्छन् त्यहाँ उनीहरुले विजुलीको तार पार गर्दै जानु पर्छ । विजुलीको तार पोलबाट लत्रिएका छन् । प्रवेशद्धारामा नै लथालिङ अवस्था छाडिएका छन् । जसले गर्दा विद्यार्थीहरु हरेक दिन तारमा लड्ने गरेका विद्यार्थी र अभिभावक बताउँछन् ।
विराटनगर रोडशेष देखि रानी बोर्डरसम्मको पोल र तार फेर्न शहरी विकास परियोजना अन्तर्गत रमण कन्ष्ट्रक्शनले जिम्मा लिएको छ । विगत २ महिना अघिदेखी तार स्कुल अगाडि लथालिङ्ग अवस्थामा छाडिएका कारण विद्यार्थीलाई आवत जावतमा जोखिम छ । दुई बर्ष अगाडी यसैगरी बिराटनगरको पिपलचोकमा छाडिएको तारमा करेन्ट लागेर गाईहरु मरेका थिए भने केही ब्यक्तिलाई समेत झड्का लागेको थियो ।
लत्रिएको तारलाई स्कुल बसले किचेर स्कुल प्रवेश गर्ने गरेको छ । कुनै अप्रिय घटना हुने बितिकै ठुलो क्षतीको जोखिम छ । कुनै पनि बेला बसका चक्कामा अल्झिएर अन्य पोल ढल्ने सम्भावना त्यतिकै मात्रामा देखिन्छ । यस अघि पनि त्यही स्थानमा कमजोर विजुलीको पोल लडेर २ महिला घाईते भएका थिए ।
यता स्कुलले पनि पटक पटक यस विषयमा सम्बन्धीत निकायलाई खबर गर्दा पनि कुनैै सुनवाई नभएको विद्यालयका प्रशासन प्रमुख नरेन्द्र भट्टराईले बताए ।
यता जिम्मा लिएको रमण कष्ट्रशनका प्रोजेक्ट मेनेजर प्रमोद साहले तार तान्दा जहाँको पोल पनि लत्रिने भएको बताए। स्थानीयले धाकधम्की दिने र दुख दिने काम गरेको कारण त्रासका कारण काम रोकिएको साहले बताए । बिभिन्न बहाना बनाएका साहले स्थानीयसँग कुरा गरेर सहजताको लागि पहल गरेर काम शुरु गर्ने बताए ।

https://www.facebook.com/ourbrt/videos/1651081878358591/?v=1651081878358591

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्