भूमिका पाख्रिन ।
लेटाङ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मोरङको लेटाङमा विहिबार महिलाहरुको लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो । शिविरमा करिब एक सय बढी महिलाले स्वास्थ जाँच गराएका थिए । स्वास्थ्य शिविरमा विराट नर्सिङ होम प्रा.लि. विराटनगरले प्राविधिक सहयोग गरेको संस्थाका अध्यक्ष गोपाल बाराकोटीले बताए ।