मोरङका सिडियोको कास्की र सहायक सिडियोको बझाङ सरुवा

<span class='c1'>मोरङका सिडियोको कास्की र</span> <span class='c2'>सहायक सिडियोको बझाङ सरुवा</span>

विराटनगर  । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीको सरुवा भएको छ । गृहमन्त्रालयले केसीलाई मोरङबाट जिल्ला प्रशसनन कार्यालय कास्की सरुवा गरेको हो ।

केसीको स्थानमा गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई पठाएको छ । केसी डेढ वर्ष अघि मोरङ आएका थिए । मोरङमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको जिल्ला प्रसाशन कार्यालय बझाङमा सरुवा भएको छ । आज ३१ जना प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई गृहमन्त्रालय तानेको छ । उनको स्थानमा झापामा कार्यारत जनकराज दाहाललाई पठाएको छ । काभ्रपलाञ्चोकका सीडीओ जदयबहादुर रानालाई झापा पठाएको छ । त्यसैगरी ललितपुरका सीडीओ प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ भने धादिङका सीडीओ भगिरथ पाण्डेयलाई ललितपुरमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्