विराटनगरस्थित राष्ट्रसेवकमा दुई दर्जन कवि प्रस्तुत

<span class='c1'>विराटनगरस्थित राष्ट्रसेवकमा दुई</span> <span class='c2'>दर्जन कवि प्रस्तुत</span>

विराटनगर  । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले आयोजना गरेको साहित्य गोष्ठीमा दुई दर्जनभन्दा बढी कवि प्रस्तुत भएका छन् ।
सहकारीको सत्रौं साहित्यिक शृंखलाका रुपमा आयोजित कार्यक्रममा कवि ऋतु आसिक, गण्डकीपुत्र, लावण्य सापकोटा, ममता श्रेष्ठ, मीनकुमार नवोदित, पदम भट्टराई, जीवन काफ्ले, रामबाबु दाहाल, प्रिन्स प्रमोदकुमार ढकालले आफ्ना सिर्जना प्र्रस्तुत गरे । त्यस्तै अच्युतप्रसाद खतिवडा, वशिष्ठ नेपाल, अजिता प्रधान, देवका काफ्ले, भवानीप्रसाद पोखरेल, स्वयम्भुनाथ कार्की, गोपाल निर्भीक, पूजा बहार, मीना श्रेष्ठ, कर्ण सञ्जयलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । वाचन गरिएका कवितामाथि समालोचक हरिप्रसाद बरालले टिप्पणी गरे । बरालले प्रस्तुत सबै सिर्जनाले वर्तमान देशको यथार्थ चित्रण गरेको बताए ।
गजलकार मधु पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सिक्किमकी कवि त्रिपुरा पोखरेल खरेलद्वारा लिखित मेरी कविता विमोचन गरिएको थियो । अग्रज साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विमोचित कृतिमाथि कवि शिवनारायण पण्डित सिंगलले समीक्षा गरे । संग्रहमा ५० वटा कविता छन् । भाषा, साहित्यको विकास गर्ने उद्देश्यका साथ सहकारीले हरेक महिनाको दोस्रो शुक्रबार साहित्य गोष्ठी गर्दै आएको संस्थाका अध्यक्ष जीवन काफ्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्