विराटनगरका साहित्यकार पोखरेल र सुबेदी एसियाली लेखक सम्मेलनमा सहभागी हुँदै

<span class='c1'>विराटनगरका साहित्यकार पोखरेल र सुबेदी</span> <span class='c2'>एसियाली लेखक सम्मेलनमा सहभागी हुँदै</span>

विराटनगर । विश्व प्रसिद्ध जापानी लेखक हारुकि मुराकामी देखी सन २००६ को नोबेल साहित्य पुरस्कार प्राप्त टर्किस लेखक ओरान पामुख उपस्थित हुने कार्यक्रममा नेपालबाट कविहरू अभि सुवेदी र सुमन पोखरेल सहभागी हुने भएका छन् । आगामी सेप्टेम्बर ४ देखी ६ अर्थात् भदौ १८, १९ र २० सम्म काजकिस्तानको राजधानी नुर सुल्तानमा हुने कार्यक्रममा सुवेदी र पोखरेलले सहभागिता हुन जान लागेका हुन् ।
सुवेदी र पोखरेल भदौ १७ गते मंगरबार बिहान टर्किस एयरलाइन्सबाट काजकिस्तान जाने तय भएको छ । सहभागी कवि सुमन पोखरेलका अनुसार नेपाल देखी काजकिस्तान सिधा हवाई रुट नभएकाले टर्कीको इस्तानबुल ट्रान्जिट बनाएर ११ घण्टाको यात्रा पछि काजकिस्तान पुगिने छ ।
केन्द्रीय एसियाली देश काजकिस्तानमा आयोजना हुने ‘एसियाली देशका लेखकहरूको पहिलो मञ्च’ नामक कार्यक्रममा सुवेदी र पोखरेल सहभागी हुने छन् ।
सन १९९७ को बुकर पुरस्कार विजेता भारतीय लेखक अरुन्धती रोयसँगै सुवेदी र पोखरेल लगायतका विभिन्न १२ लेखकहरूले दक्षिण एसियाको प्रतिनिधित्व गर्दैछन । एसियाका ४४ देशका २६० लेखकहरू उपस्थिति हुने कार्यक्रममा विश्वभरबाट १५ सय साहित्यिक पाहुनाहरू उपस्थिति हुने आयोजकले आफ्नो आधिकारिक वेबसाइट एसियन लिट फोरम डट केजेड्मा उल्लेख गरेको छ ।
काजकिस्तान लेखक सङ्घको ८५ औँ बर्षगाँठको अवसरमा कार्यक्रमको आयोजना भएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्