विराटनगरको अरनिको कलेजकी रुसा ताइवानमा भएको यूवा वैज्ञानिक सेमिनारमा

<span class='c1'>विराटनगरको अरनिको कलेजकी रुसा ताइवानमा</span> <span class='c2'>भएको यूवा वैज्ञानिक सेमिनारमा</span>

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेजका एक बिद्यार्थी ताइवानमा भएको यूवा वैज्ञानिक आविस्कार सम्मेलनमा सहभागि भएर फर्किएका छन् । अरनिको कलेज कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत रुसा चौहान ताइवानको नेशनल ताइवान यूनिभर्सिटीले आयोजना गरेको ७ दिने सम्मेलनमा सहभागी भएर फर्किएकी हुन् ।
ताइवानमा अगस्त १८ देखि २५ तारिखसम्म भएको यूवा वैज्ञानिक सम्मेलनमा रिकाष्टका कार्यकारी निर्देशक प्रा.डा.रामेश्वर अधिकारीको नेतृत्वमा रुसासहित नेपालबाट अलन अन्सारी, ऋषी गुप्ता, परी अधिकारी र केपिएन स्कूलका प्रमुख अमृत गेवाली नेपालकोतर्फबाट सहभागि रहेका थिए । सो सम्मेनलमा नेपालसहित भारत, ताइवान, मलेसिया, इन्डोनेसिया, जापान, थाइल्याण्ड, रसिया र भियतनामका गरि करिव ९० जना युवा वैज्ञानिकहरु सहभागि रहेका थिए । रसालाई ब्याचलर अध्ययनकालागि सो युनिभर्सिटीले छात्रबृति दिने जनाएको छ ।
रुसाको अन्तराष्ट्रिय सम्मेनलले कलेजलाई थप हौसला रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्