त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु, तर महंगो

<span class='c1'>त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण</span> <span class='c2'>सेवा सुरु, तर महंगो</span>

काठमाडौं । २०७३ सालमा भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रबाट शुरु भएको कलेजो प्रत्यारोपण हाल त्रिवि शिक्षण अस्पतालले पनि सुरु गरेको छ ।

अहिलेसम्म नेपालमा ६ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । तर यसलाई निरन्तता दिन भने चुनौतिहरु देखिएका छन् ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपण सुरु गरेको तीन बर्षमा चार जनाको मात्र सफल प्रत्यारोपण गरेको छ ।

कलेजो रोगको उपचारमा नेपालले फड्को मार्‍यो, अब विदेश जानेक्रम अन्त्य हुन्छ भनेर ठुलै प्रचार समेत भयो, तर कलेजो प्रत्यारोपणले निरन्तता पाउन भने सकेको थिएन् ।

यस्तै गत जेठदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले पनि कलेजो प्रत्यारोपण सुरु ग¥यो । यहाँ हाल २ जनाको सफल कलेजो प्रत्यारोपण भइसकेको छ ।

बिरामीको संख्या बढ्दै गए अहिलेको जनशक्ति र उपकरणले भने यसलाई निरन्तरता दिन ठुलो चुनौती रहेको त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरु गराउने सर्जन डा. रमेशसिंह भण्डारी बताउँछन् ।

शिक्षण अस्पतालले एक महिनामा एक जनाको मात्र कलेजो प्रत्यारोपण गर्ने योजना बनाएको छ । हाल दुई हप्तापश्चात तेस्रो कलेजो प्रत्यारोपण गर्ने तयारी गरिरहेको डा.भण्डारी जानकारी ििदए ।

प्रत्यारोपणका लागि ८ देखि १० जना चिकित्सकको टिम विदेशबाट आउने गरेका छन् ।

प्रत्यारोपणका लागि नेपाली टिम तयार पार्न कम्तिमा १० वटा प्रत्यारोपणमा विदेशी चिकित्सकको सहयोग लिइने डा.भण्डारीले जानकारी दिए ।

कलेजो प्रत्यारोपण गर्न नेपालमा २५ देखि ३० लाख रुपैंयासम्म लाग्ने भएकाले न्युन आए भएका विरामीको पहुँच भन्दा अझै पनि टाढा छ ।

कलेजो प्रत्यारोपण गर्नुपर्ने विरामीलाई सरकारले सहयोग गरे प्रत्यारोपणको क्षेत्रमा नेपाललाई अगाडि बढाउन सकिने डा.सिंह बताउँछन् ।

खानपान र जीवनशैलीका कारण कलेजो विग्रने समस्या नेपालमा पछिल्लो समय निकै देखिन थालेको छ ।

नेपालमा कलेजो प्रत्यारोपण सुरु भए पनि महंगो भएकाले सर्वसाधारणले यो सेवा लिन सक्ने संभावना निकै कम छ ।

न्यून आय भएका व्यक्तिसम्म सेवा विस्तारका लागि सरकारी सहयोग र अग्रसरता नै अहिलेको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्