विराटनगर । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ४ मा श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान घाईते भएका छन् । शुक्रबार साँझ बर्ष ५१ की मगमाया राईले घरायसी बिवाद हुँदा आफ्नै श्रीमान बर्ष ५१ का सुनबहादुर राईलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । श्रीमतीले खुकुरी प्रहार गरी श्रीमान्को हात र खुट्टामा काटी घाइते बनाएकी हुन् । घाईते सुन बहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने मनमायालाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।