रबिन्द्र बराल
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस रंगेलीले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । रंगेली ७ मा रहेको मेलिना होटलको सभाहलमा शनिबार एक कार्यक्रमको आयोजना गरि विपि जयन्ती मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस सचिव मोदराज घिमिरे, विशिष्ट अतिथी पुर्ब जिल्ला सचीव संन्जय भट्टराईले बीपीको योगदानको चर्चा गरेका थिए । क्षेत्रीय सभापति सुमन कुवर, जिल्ला सदस्य राजकुमार कोइराला, तरुण दलका जिल्ला सदस्य पदम पाठक लगायतको उपस्थितमा जन्मजयन्ती मनाईएको हो ।
उक्त कार्यक्रममा बीपीको फोटोमा माल्यर्मण गरिएको थियो । बीपीको बिचारको माध्यम बाट नेपाली काङ्ग्रेस अगाडि बडेमा देश र जनताको भलो हुने बताए ।