विराटनगरको स्नातकोत्तर क्याम्पसमा विद्यार्थीको अभिलेख गायब, भर्ना भएको प्रमाण नै देखिएन

<span class='c1'>विराटनगरको स्नातकोत्तर क्याम्पसमा विद्यार्थीको अभिलेख गायब,</span> <span class='c2'> भर्ना भएको प्रमाण नै देखिएन</span>

विराटनगर । अर्जुनधारा–६ झापाकी अञ्जना पोखरेलसँग विराटनगरको स्नातकोत्तर क्याम्पसबाट दुई वर्षीय ग्रामीण विकास संकाय उत्तीर्ण गरेको प्रमाणपत्र छ । तर उनको अभिलेख क्याम्पसमा भेटिँदैन ।

उनीसँग पहिलो वर्षको ४०४४७ र दोस्रो वर्षको ४०२७४ सिम्बोल नम्बर उल्लेख भएको प्रमाणपत्र छ । अञ्जना बिहीबार शोधपत्र तयार गर्ने प्रक्रियाका लागि क्याम्पस पुगिन् । पुस्तकालयबाट ‘क्लियरेन्स’ लिन खोज्दा कर्मचारीले रोल नम्बर मागे । उनी प्रशासन फाँट पुगिन् । कर्मचारीले अभिलेख नै भेटेनन् ।

‘मसँग यही क्याम्पसको नाम उल्लेख भएको संकाय पास गरेको प्रमाणपत्र छ,’ अञ्जनाले भनिन्, ‘तर क्याम्पसमाआफ्नो अभिलेख नै नभेटिँदा छक्क परेकी छु ।’ क्याम्पसमा आफू भर्ना भएको प्रमाण नै नदेखिएको उनले बताइन् ।

‘साथी दिलीप उपाध्यायसमेतको कागजपत्र लिएर म आफैं एडमिसन गर्न आएकी थिएँ,’ उनले भनिन्, ‘धेरै भीड भएकाले प्रशासन शाखा प्रमुख राजकुमार परियारलाई दुवैको एडमिसन गर्न लाग्ने शुल्क र शैक्षिक प्रमाणपत्रको फोटोकपी दिएर रसिद नलिई फर्केकी थिएँ ।’ परियारले दुवै जनाको एडमिसन हुनेमा ढुक्क हुन आग्रह गरेको उनले सुनाइन् ।

क्याम्पस प्रशासनले यो आफूहरूकै त्रुटि रहेको र चाँडै समाधान हुने बताएको उनले सुनाइन् । अञ्जनाका अनुसार क्याम्पसले परिचयपत्र बनाउँदा पनि रोल नम्बरबिनाकै कार्ड दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्