विराटनगरमा खोटाङ सामाजिक सेवा मञ्चको भवन निर्माण

<span class='c1'>विराटनगरमा खोटाङ सामाजिक सेवा</span> <span class='c2'>मञ्चको भवन निर्माण</span>

विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चको भवन निर्माण भएको छ । खोटाङमा जन्मिएर विभिन्न ठाउँमा बसोबास गर्दै आएका व्यक्तिहरूको संस्थाका रुपमा स्थापित मञ्चको नवनिर्मित भवनको शनिबार उद्घाटन गरिएको हो । भवनको प्रदेश–१ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । १७ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको भवन सम्पन्न गर्न ५० लाख रुपैयाँ खर्च भएको मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले जानकारी दिए ।
सात वर्षअघि निर्माण सुरु गरिएको भवन बजेट अभावकै कारण समयमा सम्पन्न गर्न नसकिएको उनको भनाइ छ । भवनमा सुविधा सम्पन्न हल र कार्यालय प्रयोगजनका लागि कोठा छन् । विराटनगर–४ अच्युत मिल छेउमा निर्माण गरिएको भवनमार्फत मञ्चका गतिविधि अगाडि बढाउने मञ्चका सचिवसमेत रहेका निर्माण समितिका संयोजक घनश्याम पोखरेलले बताए ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालसहित मञ्चका साधारण सदस्य केदारनाथ ढकाल र महिला विकास अधिकृत दुर्गा बराललाई सम्मान गरिएको थियो । उनीहरूलाई मन्त्री घिमिरे र मञ्चका अध्यक्ष भण्डारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । समारोहमा मन्त्री घिमिरेले मुलुकको विकासमा सामाजिक संघसंस्थाहरूको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । कार्यक्रममा प्रदेश सांसद सावित्रा रेग्मी, उषाकला राई, राजेन्द्र राई, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भवन निर्माण गर्न सामाजिक विकास मन्त्रालयले १५ लाख सहयोग गरेको थियो । मन्त्रालयसहित विभिन्न व्यक्तिबाट प्राप्त रकमले नपुगेर समितिलाई ६ लाख ऋण रहेको संयोजक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्