तीजको अघिल्लो दिन आज महिलाहरुले दर खाँदै

<span class='c1'>तीजको अघिल्लो दिन आज</span> <span class='c2'>महिलाहरुले दर खाँदै</span>

काठमाडौं । नारीहरुको महान पर्व तीजको अघिल्लो दिन आज महिलाहरुले दर खाँदैछन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन राति उठेर दर खाने चलन छ । द्वितीयाका दिन राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ । तर, पछिल्लो समय भने दरका नाममा बिकृति भइरहेको देखिन्छ । चिकित्सकहरुले दरको नाममा स्वस्थ्यमा असर पर्ने खानेकुरा नखान सुझाव दिएका छन् । साथै निरहार व्रतले पनि फाइदा नगर्ने भएकाले आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर व्रत बस्न चिकित्सकले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्