तीजले नछोएको रंगेलीकी मायाँदेबीको घर, चाड पर्वमा समेत छाकटार्न धौ,धौ

तीजले  नछोएको  रंगेलीकी मायाँदेबीको घर, चाड पर्वमा समेत छाकटार्न धौ,धौ

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन । गाउँका महिलाहरु एक महिना अगाडिदेखि नै तीजको रमझम चलिरहँदा उनलाई भने तीजले नछोएको हो ।
७० वर्षीय मायादेवी ३० वर्षिय छोरी गिता र ४० वर्षिय छोरा ताराबहादुर ढकालसंगै वस्छिन् । मायादेवीले गरिबीका कारण तीज मनाउन सक्ने अबस्था नभएको सुनाईन् । ‘तीजको रहर कस्तो हुुन्छ अव त विर्सिनै सकियो उनले भनिन्, तीज आउँछ जान्छ तीज मनाउने न त परिवारका मान्छे नै छन न त घरमा केहीपनि छैन ।’
झण्डै १५ वर्ष अघि श्रीमानको मृत्युु भएपछि आफुुहरुले गरिबीका कारण तीजमात्र नभई कुनै चाड राम्रोसँग मनाउन नपाएको सुनाईन् । छोराछोरीले साहारा दिनुुपर्ने यो उमेरमा छोराछोरीको सहारा आफुु वनेको उनि सुुनाउँ छिन् ।
भगवान शिवको आर्शिवाद पाइन्छ की भनेर तिजको व्रतभने लिने गरेको उनि वताउँछिन् । ‘घरमा केही छैन मिठो मसिनो के खाने त्यही नभएर पनि आफ्नो कर्तव्य निभाउँछुु व्रत लिन्छुु, ढकालले भनिन्, चाडवाडमा मिठो मसिनो खान त मन लाग्छ तर पाए त खानुु कसले दिन्छ र ?’
‘घरमा जे छ त्यो छोरा–छोरीलाई पकाएर ख्वाउछु, छोरो लाटो छ घरभन्दा वाहिर धेरै वस्छ दिनभरी चर्को घाममै पनि त्यस्तैमा रमाउछ केगर्नुु,’ उनले भनिन् ।
छर छिमेकीमा छोरीचेली आएको देख्दा आफ्नो परिवारकासाथ सवै मिलेर तिज मनाउने रहर भएपनि आर्थिक अबस्था कमजोर भएको कारण ती सवै रहर आँसुमा वग्ने गरेको उनी सुुनाउँछिन् ।सुकुम्वासी उनको परिवार वसपार्क सडक छेउको ऐलानी जग्गामा वस्दै आएको थियो । सडक र वसपार्क विस्तार गर्ने क्रममा परिवारको उठिवास भए पछि रंगेली नगरपालिकाकाले बस्नको लागि पाँचधुर जग्गा उपलब्ध गराएको छ । सोही जग्गामा टहरा वनाएर उनको परिवार बस्दै आएको छ ।
जेठी छोरीको छोराले बिद्यार्थीलाई टयुुसन पढाउने गर्छन्, त्यही ट्युसन पढाएर आएको रकमबाट उनको परिवार चल्दै आएको छ। उनले केही समय पहिला त्यही बसपार्कमा घरहुँदा सामान्य पसल गर्थिन् तर अहिले शरिरले काम नै गर्न नसक्ने अबस्था भएको उनले सुनाईन् ।
उनलेको ३० बर्षको छोरी भएता पनि उनी समेत सुस्त मनस्थितीकी छिन् । घरको कान्छो छोराले समेत घरको विजोग देखेर तीनबर्ष पहिला आत्महत्या गरेर देह त्यागेको उनले बिलौना गरिन् । उनका अहिले घरमा न त खाने अन्न छ न त कोही साहारा नै यस्तो अवस्थामा कसैले सहयोग गरिदिए ठुुलो राहत हुुने उनको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्