बिराटनगरमा ट्राफिक समस्या बारे चर्चा , जनताले पनि आफै सजक हुनुपर्नेमा जोड

<span class='c1'>बिराटनगरमा ट्राफिक समस्या बारे चर्चा ,</span> <span class='c2'>जनताले पनि आफै सजक हुनुपर्नेमा जोड</span>

विराटनगर, १६ भदौ । सबैले आ–आफ्नो तर्फबाट नैतिक जिम्मेवारीलिए पछि मात्र सडकको ट्राफिक समस्या समाधान हुने सरोकारवालाहरुले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले  विराटनगरमा आयोजना गरेको कार्यक्रममा सबैले आफ्नो दायित्व वहन गरेको अवस्थामा मात्र सडक दुर्घटना न्यूनीकरण हुने उनीहरुको भनाइ थियो । समुदाय प्रहरी साझेरीले सवारी दुर्घटना न्यूनीकरण तथा विराटनगर बजार भित्रको ट्राफिक व्यवस्थापन गर्ने सम्बन्धमा भएको अन्तरक्रिया कार्यक्रमा सहभागीले यस्तो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आ–आफ्नो ठाँउबाट इमान्दारीताको साथ काम गरेको खण्डमा सडक समस्या समाधान हुने बताउनु भयो । अन्तरक्रियामा उठेको सवालमा उहाँले विराटनगर महानगरपालिकाले सिटी, अटो, म्याजिक भेनलाई अहिले स्किृति दिने काम बन्द गरेको बताउनु भयो । प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञावलीले सडको समस्या एउटा ट्राफिकले मात्र समाधान गर्न नसक्ने बताउनु भयो । उहाँले सडक दुर्घटना सबैमा नैतिकताको समस्या र अभावका कारण पनि निम्तिएको जिकिर गर्नु भयो । डीआईजी ज्ञवालीले पूर्वाधारको कमि रहेका कारण भएका स्रोत साधनको अधिकतम प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सडक डिजिटलाईजेनमा जोड दिनु पर्ने बताउनु भयो ।

उहाँले विराटनगरको सडकमा बढेको ट्राफिक जाम नियन्त्रणका लागि पनि डिजिटलाइजेसन आवश्यक रहेको बताउनु भयो । उहाँले भारतबाट भित्रने गाडीलाई सीमानाकामै राम्रोसँग परीक्षण गरेर अन्य ठाउँमा दुःख दिन नहुने बताउनु भयो । अन्तरक्रियामा मजदुर नेता तेजलाल कर्णले व्यस्त स्थानमा दैनिक दुई घण्टा भन्दा बढी समय जाम हुने गरेको बताउनु भयो । अन्तरक्रियामा लयन रेवतबहादुर कार्की, प्रदेश १ ट्राफिक प्रहरी प्रमुख भीमबहादुर दाहाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्