विराटनगरबाट सुरुवात भयो गाडी भित्रै आँखा जाच गर्ने ‘भिजन भ्यान’ ( भिडियो सहित )

<span class='c1'>विराटनगरबाट सुरुवात भयो गाडी भित्रै आँखा जाच</span> <span class='c2'>गर्ने ‘भिजन भ्यान’ ( भिडियो सहित )</span>

विराटनगर,१६ भदौ । विराटनगर आँखा अस्पतालले सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘ भिजन भ्यान ’ संचालनमा ल्याएको छ ।
विराटनगर आँखा अस्पतालले गाडी भित्र एसी जडित आँखा उपचार केन्द्र संचालनमा ल्याएको हो ।
अरविश इन्टरनेशनलले रिच प्रोग्राम अन्तर्गत रु ३२ लाख ७२ र नेपाल नेत्र ज्योति संघ मोरङको रु १० लाख गरी रु ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका विद्यार्थीहरु सम्पूर्ण आँखा परीक्षण गर्नुका साथै चश्मा समेत निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको छ ।
विराटनगर उपमहानगरपालिका प्रमुख भीम पराजुलीले गायत्री संस्कृत माविमा भ्यानको उद्घाटन गर्दै आर्थिक रुपमा कमजोर रहेका सामूदायिक विद्यालयका विद्यार्थीलाई सेवा पु¥याउन शुरु गरिएको बताउनुभयो ।

उहाँले महानगरपालिकाले गत वर्षदेखि नगरमा रहेका आँखा अस्पतालसंग समन्वय गरी मातियाविन्दु रहित अभियान संचालन गरी निशुल्करुपमा नगरवासीहरुलाई शल्यक्रिया सेवा उपलव्ध गराएको जानकारी दिनु भयो ।
भ्यान सञ्चालनले आगामी तीन वर्षभित्र तीन लाख विद्यालयका बालवालिकाहरुको आँखा परीक्षण गर्नुका साथै चश्मा वितरण गरिने लक्ष्य लिएको छ ।

पूर्वान्चल आँखा उपचार समन्वय समितिका संयोजक सुधिर ठाकुरले विगत ३६ वर्षको अवधिमा लहान र विराटनगर आँखा अस्पतालले ८० लाख जनताको आँखा परीक्षण र १४ लाखको शल्यक्रिया गरेको जानकारी दिनु भयो ।
विराटनगर आँखा अस्पतालले सन् २०१८ मा पाँच लाख ५० हजार सर्वसाधारणको आँखा परीक्षण गर्नुका साथै ७१ हजारको शल्यक्रिया गरेको अस्पतालले जनाएको ।

https://www.facebook.com/ourbrt/videos/477118792877292/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्