बिराटनगर भदौ १६ ,
मोरङ प्रहरीले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा ७० हजार रुपैयाँ बराबरको किराना पसलका सामग्री बरामद गरेको छ । विराटनगर महानगरपालिका १२ नम्बर वडाको भित्री सडक खण्डमा अटोमा ल्याउँदै गरेको अवस्थामा सामग्री बरामद गरिएको हो । बरामद सामग्री मूल भन्सार कार्यालय रानी विराटनगरलाई बुझाइएको मोरङ प्रहरी प्रवक्ता राजकुमार खिउँजूले जानकारी दिए ।
त्यस्तै विराटनगर–३० बाट चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरादम गरेको छ । बरामद सामग्री भन्सार कार्यालयमा बुझाइएको छ ।