मोरङको मिक्लाजुङमा आफै चढेको बसले किचेर यात्रुको मृत्यु

मोरङको मिक्लाजुङमा आफै चढेको बसले किचेर यात्रुको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउपालिका वडा नं. ७ मधुमल्ला स्थित मधुमल्ला–तोरीबारी भित्री सडक खण्डमा बसले किच्दा एकजनाको ज्यान गएको छ । तोरीबारीबाट मधुमल्लातर्फ आउदै गरेको ना २ ख ५२२७ नम्बरको बसमा सवार ईलामको चुलाचुली गाउपालिका वडा नं. ६ बस्ने बर्ष ८० की नन्दकुमारी राईलाई ठक्कर दिएको हो । बसबाट झरेर अगाडीवाट बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिदा गम्भीर घाईते भएकी राईको अरनीको अस्पताल उर्लाबारीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले जानकारी दिए । बस तथा चालक ईलाका प्रहरी कार्यालय मधुमल्लाको नियन्त्रणमा रहेको जनाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्